महोत्तरी । विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ । पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उनको यो रहर पूरा हुन सकेको छैन । 'घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन (हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्टेसन) थियो, हामी कुनै वर्ष मेला भर्न छुटाउँदैनथ्याैं,' ४५…