काठमाडौं । पछिल्लो समय बजार महँगो बन्दै गएको छ। सबै प्रकारका उपभोग्य सामग्रीको मूल्य बढ्दै गए सँगै बजार महँगो बन्दै गएको हो। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५६ प्रतिशत पुगेको छ। जुन हालसम्म कै उच्च मूल्यवृद्धि हो। गत वर्ष सोही अवधिमा यस्तो मूल्य वृद्धिदर चार दशमलव १९ प्रतिशत थियो।…