रामेछाप । देश र जनतामाथि अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयको तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा र रुद्राविशेष गरिएको छ । जीवित देवी कुमारीले दोलखा भीमेश्वरको सिलामा पसिना आएको तर कोही कसैले त्यसप्रति ध्यान नदिई पूजा नगरेका कारण राष्ट्रमा अनिष्ट भइरहेको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएपछि राष्ट्रपति कार्यालयको तर्फबाट क्षमा पूजा गरिएको बताइएको छ…