काठमाडाैं । आज मिति २०८० साउन ३१ गते, बुधवार, १६ अगस्ट २०२३। अधिक श्रावण कृष्णपक्ष औंसी तिथि, १४ः०१ बजेपछि प्रतिपदा। अश्लेषा नक्षत्र, १७ः०७ बजेपछि मघा। चन्द्रराशि कर्कट, १७ः०७ बजेपछि सिंह। मेष राशि हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।…