काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका छन्। नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीको निर्देशनअनुसार हस्ताक्षर गरेको पुष्टि गर्दै रानालाई हटाउन आवश्यकता परेको बताएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार सभामुख वा उपसभामुखले पदअनुकूल आचरण नगरेको ठहर भएमा प्रतिनिधिसभाका एक चौथाइ सदस्यको समर्थनमा पदमुक्त प्रस्ताव…