काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बोलाएको सर्वपक्षीय बैठकमा आगामी फागुन २१ गते हुने घोषणा भएको चुनावमा पूर्ण सुरक्षा दिन सुरक्षा निकाय तयार रहेको स्पष्ट पारिएको छ। सरकार, राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको बैठकमा सुरक्षा व्यवस्थाबारे विस्तृत ब्रिफिङ दिइएको थियो। बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव…