Logo

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोह केवल औपचारिक कार्यक्रममा सीमित रहेन । आइतबार साँझ महामन्त्री गगनकुमार थापाले दिएको मन्तव्यले कांग्रेसको वर्तमान नेतृत्व, आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र देशव्यापी जनअसन्तुष्टिको राजनीतिक प्रतिबिम्बलाई एउटै मञ्चमा उजागर गरिदियो । भृकुटीमण्डपमा उपस्थित हजारौँ प्रतिनिधि र कार्यकर्ता माझ थापाको भाषण भावुकमात्र थिएन, त्यो सिधा, स्पष्ट र चुनौतीपूर्ण थियो…