काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहिन होइन प्रभावकारी सदनको रुपमा स्थापित गर्ने बताएकी छन् ।राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारमा चयन भएपछि उनले राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने बुझाई रहेको भन्दै यसलाई प्रभावकारी बनाउने र संविधान स्थापित गर्ने काममा आफ्नो भूमिका रहने बताइन् ।उनले भनिन्, ‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने हुन्छ…