काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले सरकारले कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा दोषी देखिएपनि संरक्षण गर्ने काम गरेको आरोप लगाएको छ । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने…