काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुशासन स्थापना गर्नको लागि पनि सूचनाको हक आवश्यक भएको बताएका छन् । मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले सूचनाको हकले पारदर्शिता स्थापित गर्ने, पारदर्शिताले सुशासनको सुनिश्चितता गर्ने भन्दै सुशासनको लागि पनि सूचनाको हक आवश्यक रहेको बताए । उनले भने, ‘सूचनाको हक किन आवश्यक छ भन्दा पारदर्शिताका लागि आवश्यक छ ।…