काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पार्टीको विधान संशोधन गर्ने वा नगर्ने भन्ने विषयमा तीव्र विवाद देखिएको छ। विधान संशोधनमार्फत पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाउने प्रस्ताव उठेपछि बैठक तनावग्रस्त बनेको हो। पार्टीको महाधिवेशनअन्तर्गत आज बिहान सुरु हुने तय भएको बन्दसत्र विधान संशोधनको तयारीका कारण दिउँसोका लागि सारिएको छ। बैठक स्रोतका अनुसार अध्यक्ष…