काठमाडौँ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले सरकारले एक वर्षमा परिणामुखीकाम गर्न नसकेको निष्कर्ष निकालेको छ । एक वर्षभित्र सरकारले जनताको दैनिक जीवनका समस्याहरुलाई स्पर्ष गर्ने, सुशासनको प्रत्याभूति दिने दिशामा अझै धेरै काम हुन बाँकी रहेको देखिएकोले परिणामुखी कार्य नदेखिएको निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । तीन दिनसम्म चलेको…