काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समानुपातिक उम्मेदवार बन्न चाहने ३२५ जनाबाट ८१ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ। पार्टीले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क प्रतिव्यक्ति २५ हजार रुपैयाँ तोकेको थियो। रास्वपाका प्रवक्ता मनिष झाले बिहीबार (पुस ३) सार्वजनिक गरेको विवरण अनुसार, मंसिर मसान्तसम्म प्राप्त ३२५ आवेदनबाट उक्त रकम उठेको…