मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सहकारी संस्थाहरू आफैँले विश्वासिलो वित्तीय सारथीका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । बचतकर्ता, सहकारीकर्मी र सरकारसमेत मिलेर सहकारीका विकृति–विसंगतिको अन्त्य गर्नुपर्नेमा उनको जोड छ । मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख शर्माले सहकारीमा आइपरेका विकृति–विसंगतिको अन्त्य गरी आफ्ना मूल्यमान्यतामा आधारित…