काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा उपत्यका केन्द्रीत आन्दोलन गर्ने भएको छ । पार्टीको मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची–महाकाली एकता यात्रासँगै उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताए । आन्दोलनका लागि…