काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरमा विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेका हुन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः जोडदार माग गरेका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेको भन्दै अब विशेष महाधिवेशन बाहेक…