काठमाडौं । नेपाली कांग्रेसमा निरन्तर रहेको वरियता विवाद यतिबेला छताछुल्ल भएको छ । १४ औँ महाधिवेशनपछि नेताहरूबीच एक अर्कामा को वरिष्ठ र को कनिष्ठ भन्ने आधारमा एकले अर्कालाई अस्वीकार गर्ने जुँगाको लडाई चलेको छ । महाधिवेशन सम्पन्न भएलगत्तै केन्द्रीय कार्यसमिति बैठकबाटै सुरू भएको त्यस्तो विवाद अहिले आएर छताछुल्ल बनेको हो । सभापति शेरबहादुर देउवासँग सभापतिमा…