काठमाडौं – नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन दल दर्ता गराएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्। नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको हो। हिजोमात्रै पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो। यसैबीच, एमालेले…