काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सरकारमा इतिहासमै नभएका फाइलहरु खुल्दा माओवादीलाई बाहिर लखेट्ने काम भएको बताएका छन् । आज (बुधबार) नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचिएको बताएका हुन् । उनले भने , ‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै…