काठमाडाैं । राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन माओवादी केन्द्रसहित‚ नेकपा (एमाले)‚ नेकपा (एकीकृत समाजवादी) र…