काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको बताएका छन् ।आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए ।उनले भने,‘अहिले यो देशको राजनीतिक दलकाबीचमा एउटा नविन समझदारी आवश्यक परेको छ । त्यो…