Logo

पूर्वराष्ट्रपतिलगायतका विशिष्टहरुलाई सक्रिय राजनीतिमा रोक्नुपर्ने एमाले नेताहरुको धारणा

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको दोस्रो विधान सम्मेलनमा समूहगत छलफलको प्रतिवेदनमाथि बोल्दै नेताहरुले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति जस्ता विशिष्ट व्यक्तिहरुलाई सक्रिय राजनीतिमा आउन रोक्नुपर्ने धारणा राखेका छन् । वहुसंख्यक नेताहरुले विधान र संविधानमै व्यवस्था गरेर त्यस्तो व्यवस्था ल्याउनुपर्ने धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए…