काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पीएल सिंहले छाडेर गएका कामहरुलाई हामीले निरन्तरता दिनुपर्ने बताएका छन् । शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय सिंहको १३ औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सिंहको खुलेर प्रशंसा गरे । उनले भने, ‘पीएल सिंहलाई कहिले नथाक्ने अत्यन्तै क्रियाशील, सक्रिय व्यक्तित्वको रुपमा मैले लिएको छु । उहाँ सम्पूर्ण काठमाडौंबासीहरुको…