काठमाडौं । माओवादी केन्द्रको जारी विधान अधिवेशनअन्तर्गत २० मध्ये १३ समूहले सुझाव बुझाएका छन् । अब ७ समूहले बिहीबार सुझाव बुझाउने पार्टीले जनाएको छ । सुझाव पेस गर्ने क्रममा बुधबार कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, बेपत्ता र घाइते परिवारका तथा सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा पर्यवेक्षकका रुपमा राख्नुपर्ने बताए ।…