काठमाडौँ । नारायणगढदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दबाब यात्रा गर्दैछ । रास्वपाका सभापति रवि लामिछानेले सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै दबाबस्वरुप पैदल यात्रा गर्ने घोषणा गरेका हुन् । नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर तीन दिनसम्म लगाएर पैदल हिडेर पार गर्ने रास्वपाको तयारी छ…