काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल ओलम्पिकको सहभागिताको तलाबाट पदक विजेताको तलामा उक्लिएको भन्दै खुशी व्यक्त गरेका छन् । शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पारा खेलाडी गोवर्धनले यस स्थानमा पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको अधिकतम् प्रयोग गर्न…