झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मतदाता साथै कार्यकर्ता भेटघाटमा व्यस्त छन् । झापा क्षेत्र ५ का विभिन्न स्थानमा पुगेर उनले मतदाताहरुको प्रतिक्रियाहरु लिइरहेका छन् । शुक्रबार झापा ओर्लिएका उनी झापाली जनतासँग प्रत्यक्ष साक्षत्कार गरिरहेका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि झापा ५ बाट उम्मेदवार बनेका…