काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयले जनस्तरसम्म चर्चा पाइरहेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेपछि विशेषगरी ‘चुच्चे नक्सा’को विषय धेरैको चासोमा छ । एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल…