काठमाडौं । नेपालमा बर्ड फ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतका जिल्लामा पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा…