काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय, प्रादेशिक र संघीय तीनै तहका सरकारको समन्वयमा प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमा सम्पन्न गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रादेशिक र स्थानीय सडक सुधार परियोजना शुभारम्भ कार्यशाला र एमओयू हस्ताक्षर समारोहमा उनले परियोजना कार्यान्वयन गर्ने पक्षमा तीनै तहका सरकारले जिम्मेदारी बहन गर्नुपर्ने भन्दै…