हेटौंडा । स्थानीय तहको उपनिर्वाचन चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्रले चुनावी प्रचारप्रसारमा बालबालिकाको हातमा झण्डा र लाउडस्पिकर बोकाएका छन् । प्रचारप्रसारका क्रममा प्रयोग भएका गाडीमा समेत नाराबाजीमा उनीहरूलाई प्रयोग गरिएको पाइएको छ । विद्यालय बन्द भएको बेला…