काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा भइरहेको उदासिनता र आउटसोर्सिङ प्रक्रियाबाट श्रमिक खरिदबिक्रीजस्ता गतिविधिप्रति आपत्ति जनाएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै श्रमिक अधिकारको संरक्षणका लागि हालका कानूनी व्यवस्थाको सही व्याख्या र प्रभावकारी कार्यान्वयन गर्न सरकार एवम सम्बन्धित…