काठमाडौं । खानेपानी तथा सरसफाई क्षेत्रको सुधारका लागि कर तथा विद्युत महशुलमा छुट र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित भएको छ । सोमबार राजधानीको संवाद डबलीमा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले पत्रकार सम्मेलनको आयोजना गरी संकल्प प्रस्ताव पारित भएकोमा धन्यबाद दिदै सोको तत्काल कार्यान्वयन गर्न सरकारलाई…