काठमाडौं । राष्ट्रिय सभा सदस्य पदम बहादुर परियारले अपांगता भएका व्यक्तिहरुको खेलकुदको क्षेत्रमा काम गर्नेगरी दुईवटा पारा ओलम्पिक कमिटीलाई एक बनाउन माग गरेका छन् । राष्ट्रिय सभाको, सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंसिर १६ गते बसेको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमक्ष परियारले उक्त माग राखेका हुन् । समितिका सदस्य समेत रहेका परियारले मन्त्रालय…