काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको बलिदान र त्यागबाट आएको संविधानलाई कमजोरी बनाउने सोच राख्नु पनि गलत हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित संघीयता, राष्ट्रियसभा र अगामी कार्यभार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, नेपाली जनताले विभिन्न समयमा गरेको आन्दोलन, बलिदान, त्याग र तपस्याको योगबाट पैदा भएको यो संविधानसभा र त्यो संविधानसभाबाट…