काठमाडौँ । दलित अधिकारसम्बन्धीमा अध्ययन अनुसन्धान तथा पैरवी गर्दै आएको संस्था, डिग्निटी इनिशियटिभ, ले दलित समुदायले आज पनि जातीय भेदभाव, छुवाछुत, हिंसा र दण्डहीनताको दुष्चक्र भोगिरहेको भन्दै दलित समुदायमाथिको अन्याय अन्त्य गर्न न्याय प्रणालीलाई प्रभावकारी बनाउन माग गरेको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस (२१ जेष्ठ) को अवसरमा सार्वजनिक गरिएको एक संक्षिप्त नीति…