जनकपुर । नेपाल भारत सांस्कृतिक सेतुको रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा आजदेखि सुरु भएको हो । परिक्रमाको पहिलो दिन जनकपुरधामस्थित हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु त्यसको भोलिपल्ट बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि…