काठमाडौं । रामेछापको शैलुङका किसानलाई अहिले भ्याइ–नभ्याई छ । शैलुङ क्षेत्रको दोरम्बा, डडुवा, गौश्वारा लगायतका क्षेत्रका किसानहरू यति बेला आलु रोप्न व्यस्त छन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा ४० हजार हेक्टर भन्दा बढी जमिनमा आलु खेती हुने गर्दछ । त्यहाँका किसानको मुख्य उत्पादन नै आलु हो । शैलुङको आलुको माग बजारमा उच्च भएपछि…