रामेछाप । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा शुक्रबार मन्थलीमा सचेतना र्याली आयोजना गरिएको छ । मन्थली नगरपालिकाको आयोजनामा भएको प्रभात फेरी मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई मन्थली बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाले सामाजिक…