रामेछाप । उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरू माथि भएको जातीय विभेदको घटना र सो घटनामा मिलापत्र गराउने मेलमिलापकर्ता लगायतलाई कारबाहीको माग गर्दै १० वटा नागरिक संस्थाहरूले जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएका छन् । गत फागुन २४ गते चिर्मालु गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुलाई स्वागत गर्न पुग्नु भएकी वडा सदस्य शर्मिला नेपाली लगायत दलित…