Logo

एकैदिन १४१ एनओसी जारी, शनिबार पनि सेवा दिन मन्त्रालय तयार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एकैदिन १४१ वटा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गरेको छ। विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सानोठिमीस्थित मन्त्रालयको शाखाबाट यी प्रमाणपत्रहरू प्रदान गरिएको हो। शाखा प्रमुख वासुदेव वस्तीका अनुसार सोही दिन ८ वटा पुराना एनओसी रद्द गरिएका छन् भने एउटा प्रोभिजनल एनओसी जारी गरिएको छ।…