काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् । निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको भन्दै मन्त्री चौधरीले तोकिएको समयमै रंगशाला सम्पन्न हुने आशा व्यक्त गरेका हुन् । निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मन्त्री चौधरीले मौसम प्रतिकूल हुँदा पनि ठेकेदारले उल्लेखनीय रुपमा काम अघि बढाएको उल्लेख गरे ।…