Logo

दुई महिनासम्मका निम्ति काठमाडौंका केही स्थानहरुमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही स्थानहरुमा निषेध आदेश जारी गरेको छ । जिल्ला प्रशासन काठमाडौले यही फागुन २५देखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो । प्रशासन कार्यालयले सूचना जारी गर्दै राष्ट्रपतिको कार्यालय शीतलनिवाससहित लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपास स्थानहरु निषेध गरिएको जानकारी दिएको छ…