काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व उपाध्यक्ष मुकुन्दश्याम गिरीले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान विपरीत आफूलाई पदमुक्त गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्। गिरीले आइतबार केही नेताहरुसहित आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन्। उनले पार्टीभित्र पदाधिकारी र सदस्यहरूलाई निलम्बन तथा हटाउने प्रक्रिया नियमनविपरीत सञ्चालन भइरहेको आरोप लगाएका छन्। "माथि अन्याय भएको महसुस…