काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक नेतृत्व जनजीविकाको सवालबाट विचलित भएका कारण मुलुकमा गणतान्त्रिक व्यवस्था पनि अफाप भयो भन्ने जमात बढेको बताएका छन् । काठमाडौंमा बुधबार १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेकपा मसालको नवौं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनले वर्तमान व्यवस्थाबाट समाजवादको बाटोमा जान ढिला गर्न नहुने बताए । राष्ट्रको चाबी समातेका नेताहरु…