Logo

शेखर कोइरालाद्वारा निकट सांसदहरूसँग राजनीतिक छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो राजनीतिक गतिविधिबारे छलफल गर्न आफू निकटका सांसदहरूसँग बैठक गरेका छन्। दरबारमार्गस्थित होटल याक एन्ड यतीमा शनिबार बसेको छलफलमा कोइरालाले हालको राजनीतिक परिवेश, पार्टीको आन्तरिक स्थिति तथा भावी रणनीतिबारे विचार आदान–प्रदान गरेका थिए। सांसद हृदयराम थानीका अनुसार बैठकमा समसामयिक राजनीतिक परिदृश्यबारे गहिरो छलफल गरिएको…