काठमाडौं – आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–३ मा दल दर्ता प्रक्रियाको लागि आह्वान गरेको छ। आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै साउन २१ गतेदेखि २७ गतेसम्म केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको छ।आयोगले यसअघि नै उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरिसकेको छ। उक्त तालिकाअनुसार असोज २१…