काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ । नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सोसरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थीलाई समस्या भैरहेको छ । यस्तो समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री…