Logo

इमरान खानको गिरफ्तारीलाई दुई वर्ष, पीटीआईद्वारा देशव्यापी आन्दोलन घोषणा

इस्लामाबाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीको दोस्रो वार्षिकोत्सवको अवसरमा उनकी पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले आइतबारदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। पीटीआईका वरिष्ठ नेता असद कैसरका अनुसार, अगस्ट ५ बाट सुरु हुने ‘फ्री इमरान’ आन्दोलन अन्तिम नभई निरन्तर चल्नेछ। उनले पार्टीका प्रान्तीय नेताहरूलाई र्याली, जनचेतना कार्यक्रम र अन्य विरोध गतिविधि सञ्चालन गर्न निर्देशन…