Logo

मकवानपुरमा कार्की खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–२ छापका २५ वर्षीय विनोद बोम्जनलाई शुक्रबार अपराह्न साढे ३ बजे कार्की खोलाले बगाएर बेपत्ता पारेको छ । स्थानीयवासीका अनुसार खोलामा अचानक पानीको बहाव बढ्दा बोम्जन बगेका हुन् । घटनापछि स्थानीयवासी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी र जनप्रतिनिधिहरूको संयुक्त टोलीले खोजतलास थालेको छ । घटनास्थल आसपास खोलाको बहाव तीव्र भएकाले…