काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा काठमाण्डू गोर्खाजको शीर्षक्रम लुम्बिनी लायन्सविरुद्ध सुरुको पावर प्लेमै धराशायी बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बुधबार टस जितेर ब्याटिङ सुरु गरेको काठमाण्डूले ६ ओभरमा चार विकेट गुमाउँदै २९ रनमात्र जोड्यो। काठमाण्डूका भीम सार्की आठ र जोन सिम्पसन पाँच रनमा क्रिजमा छन्। लुम्बिनीका स्पिनर शेर मल्ल र…