रामेछाप । रामेछापमा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढेको छ । ग्रामीण क्षेत्रमा सञ्चालन हुने आयुर्वेदिक उपचार शिविरमा समेत ठूलो सङ्ख्यामा सेवा लिनेहरूको भीड लागेको देखिन्छ । उक्त उपचार पद्धतिप्रति बढ्दो आकर्षणलाई ध्यानमा राखी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ । ती शिविरमा सेवा लिन आउने मानिसहरूको बिहानदेखि…